बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो।
आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा रु तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ।
विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ।
बैङ्किङ समूह शून्य दशमलव ४२, होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ३१, जीवन बीमा समूह शन्ूय दशमलव ४१, लघुवित्त शून्य दशमलव ७४, म्युचुअल फन्ड शून्य दशमलव ०५, निर्जीवन बीमा समूह शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया