बिएल संवाददाता
डेढ बर्ष बन्द भएको बसुन्धारास्थित महेन्द्रनारायण निधि अस्पताल पुनः संचालनमा आएको छ।
आज एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र निधिका छोरा तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रिवन काटेर अस्पताल पुनः संचालन गरे।
मन्त्री पौडेलले निधिको नामको कारणले अस्पतालको छुट्टै सन्देश हुने बताए। उनले निधि मधेशी जनताको अधिकार दिलाउनका लागि बिनास्वार्थ काम गरेको बताए।
विमलेन्द्र निधिले नयाँ व्यवस्थापनमा अस्पताल संचालन आएको खुशी व्यक्त गरे। उनले यसअघि अस्पताल संचालनमा केही कठिनाई आएपनि अव त्यस्तो नहुने बताए। उनले अस्पतालले स्वस्थ नागरिक बनाउनुपर्नेमा जोड दिए।
नयाँ व्यवस्थापनले निधिको १०४ औं जन्मजयन्तीको अवसरमा अस्पताललाई पुनः संचालनमा ल्याएको हो। अस्पतालको नयाँ व्यवस्थापनको जिम्मा बर्दियाका कपिल ज्ञवालीले लिएका छन्।
अस्पतालले आजैदेखि ओपीडी सेवा निःशुल्क शुरु गरेर संचालनमा ल्याएको हो।
अस्पतालका अध्यक्ष समेत रहेका कपिल ज्ञवालीले निकट भविष्यमा अस्पताललाई सय शय्यामा संचालनमा तयारी गरिएको बताए। उनका अनुसार अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी राख्ने काम भइरहेको छ।
‘अहिले हामी थोरै जनशक्तिमा ओपिडिका बिरामीहरूको उपचार शुरु गरेका छौ,’ उनले भने, ‘निकट भविष्यमा फुल फेजमा अस्पताललाई संचालन गर्दैछौं।’
अहिले ३० जना स्वास्थ्यकर्मीबाट अस्पतालको शुरुवात गरिएको छ। अस्पतालले अहिले जनरल, मिर्गौलाको डायलासिस, सीटी स्क्यान, बच्चाको उपचार सेवा प्रदान गर्ने छ।
महेन्द्र नारायण निधि मेमोरियल सहकारी संस्थाबाट अस्पताल पुनः संचालनमा ल्याइएको हो। अस्पतालले नर्सिङ् कक्षा समेत संचालन गर्दै आइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया