बिएल संवाददाता
पहिलो नम्बरमा सिफारिस भएकी डा. संगीता मिश्रालाई उछिनेर डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले देवकोटालाई सचिवमा बढुवा गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको हो। उनले आजै मन्त्रालयमा कार्यभार सम्हाल्नेछन्।
उनीसँगै मिश्रा र डा. टंक बराकोटी पनि स्वास्थ्य सचिवका लागि सिफारिस भएका थिए। यसअघि मन्त्रालयमा पहिलो महिला सचिव हुने भन्दै मिश्राको चर्चा चलेको थियो। तर अन्तिम समयमा देवकोटाले बाजी मारे। लोक सेवा आयोग अन्तर्गतको बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरु तीनैजनामध्ये सचिवमा मिश्राको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो।
देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा थिए। ०५३ सालमा स्वास्थ्य सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्। २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेका हुन्।
नेपालमा कोरोना महामारी सुरु हुनेबेला उनी मन्त्रालयको प्रवक्ताको भूमिकामा थिए। त्यो बेला हरेक दिन मन्त्रालयले महामारीका बारेमा प्रत्यक्ष जानकारी दिने गरेको थियो। त्यही बेला डा. देवकोटा छोटो समयका लागि निकै चर्चित भएका थिए।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ। सिफारिस समितिले १२औं तहमा बराकोटी र देवकोटा भन्दा दश महिना पहिले बढुवा भएकाले डा.मिश्राको नाम पहिलो नम्बरमा सिफारिस गरेको जनाएको छ। देवकोटा र बराकोटी भने ११औं र १२औं तहमा सँगै बढुवा भएका हुन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया