
बिएल संवाददाता
बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएपछि चिकित्सको टोली गाउँमै पुगेर उपचार गरिरहेको छ। बिहीबार रातीदेखि यस गाउँमा झाडापखाला फैलिएको हो।
वडा नम्बर १ का वडाध्यक्ष यमबहादुर खड्काका अनुसार झाडापखाला फैलिएपछि २८ जनालाई सलाइपानी चढाइएको छ। सलाइनपानी चढाउनुका साथै औषधि खुवाएपछि अहिले (साँझ ७ बजे) बिरामीको अवस्था सुधारोन्मुक रहेको खड्काले जानकारी दिए।
यस्तै नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत गाउँका २४ जना बालबालिकालाई पनि औषधि खुवाउने तयारी भएको छ। ‘यस गाउँका नेरा (नेपाल राष्ट्रिय) प्राविमा पढ्ने २४ जना बालबालिकालाई पनि झाडापखाला हुन सक्ने भएकाले विद्यालयका प्रधानाध्यापकलाई औषधि दिएका छौँ’, उनले भने।
यसैगरी गाउँका २ जनालाई बढी समस्या देखिएपछि स्वास्थ्य चौकी कुसुममा उपचार गरिएको छ। त्यसबाहेक सबै जनालाई गाउँमै स्वास्थ्यकर्मी पुगेर उपचार गरिएको वडाध्यक्ष खड्काले बताए।
गाउँमा राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीको नेतृत्वमा कुसुम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उपचार गरेका छन्। कुसुम स्वास्थ्य चौकीमा भेरी अस्पतालका डा. राम साहसमेत खटिएको खड्काले जानकारी दिए।
उनकाअनुसार कुसुम स्वास्थ्य चौकीमा पनि उपचार हुन नसके भेरी अस्पतालमा रेफर गरिने बताए।
यसरी फैलियो झाडापखाला
गाउँको कुवाको पानीबाट झाडापखाला फैलिएको अनुमान गरिएको छ। बिहीबार रातीदेखि धेरै संख्यामा झाडापखाला देखिए पनि दुई दिन अघि (बुधबार)देखि गाउँका एक दुई जनामा झाडापखाला देखिएको स्थानीय भीमकुमारी खुनाले जानकारी दिइन्।
उनको घरमा पनि ससुरा बुबा, श्रीमानसहित ६ जना बिरामी परेका छन्। श्रीमान र ससुराबुबालाई बुधबार नै झाडापखालाको लक्षण देखिएको थियो। हिजो बिहीबार गाउँमा भएको न्वारानमा गएर खाना खाएपछि छोरीलाई ज्वरो आउनुका साथै टाउको दुख्ने, झाडापखाला हुने, वान्ता हुने भएको थियो।
त्यसपछि उनलाई शुक्रबार दिउँसो कुसुम स्वास्थ्य चौकीमा उपचार गराएर आफू फर्किएको बिएल नेपाली सेवासँग भीमकुमारीले बताइन्।
वडाध्यक्ष खड्काअनुसार गाउँमा भएको न्वारामा गाउँका सबैले भोज खाएर त्यसपछि बढी समस्या देखिएको बताए। ‘गाउँमा भोजभेतेर रहेछ। त्यहाँ एउटै कुवाको पानी खाएपछि सबैलाई समस्या देखिएको पाइएको छ’, उनले भने।
उनले बुधबार परेको पानीले कुवामा फोहोर पसेपछि झाडापखाला लगाउने किटानु गएको हुन सक्ने अनुमान गरे।
वडाध्यक्ष खड्काले प्रदेश र संघ सरकारले नागरिकको स्वास्थ्यप्रति ध्यान नदिएको बताए।
गाउँमा अझै पनि कुवाको पानी खानुपर्ने अवस्था रहेको भन्दै उनले यही ठाउँको विकास गर्ने भन्दै प्रदेश र संघमा पुगेका सांसदले नागरिकका दुःख देख्न नसकेको गुनासो गरे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया