बिएल संवाददाता
बाँझोपन विज्ञ, टेस्टट्युब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बि एण्ड बि हस्पिटल प्रा.लि.मा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन्।
हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बि अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन्।
डा. शर्माले बि एण्ड बि अस्पतालमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म(६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिने छिन्।
नर्भिक छाडेर आफू बि एण्ड बि हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा. शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन्। ‘बि एण्ड बि गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ’, डा. शर्माले भनिन्, ‘केही समयपछि हामीले बि एण्ड बिमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आइभिएफ सेन्टरसमेत सञ्चालन गर्नेछौँ। त्यसको पूर्वतयारी समेत थालिसकिएको छ।’
नवचिकित्सकहरुका लागि विश्वस्तरीय आइभिएफ ट्रेनिङ इन्स्टिच्युटसमेत सञ्चालन गरिने डा. शर्माले जानकारी दिइन्। ‘त्यस्तो इन्स्टिच्युटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ’, डा. शर्माले भनिन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया