आइतबार, ०१ नोभेम्बर २०२६

प्रधानमन्त्रीको चेतावनीः एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले सबैको गलत समय आउने भन्दै एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्।

आइतबार राति प्रधानमन्त्रीले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले मजाक गर्दै  कमेन्ट गरेका छन्।

उनले भनेका छन्, ‘‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो?’

बिचौलियासँग न्यायाधीशहरूको कनेक्सन र पत्रकार पक्राउमा सरकारको आलोचना भइरहेका बेला र उनको पार्टी रास्वपाले छानबिनका लागि कडा निर्देशन दिएका बेला प्रधानमन्त्रीको अर्थपूर्ण अभिव्यक्ति आएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!