बिएल संवाददाता
भनिन्छ, तपाईंको मुस्कानले अगाडिको दिन बनाउन सक्छ। हो, तर यो मुस्कान अगाडिको लागि मात्र होइन, तर आफ्नो लागि पनि लाभदायक हुन सक्छ।
जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ। हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ। हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो। अब जान्नुहोस, हाँस्नुका फाइदाहरु
तनाव कम
हामी हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ। सो हर्मोनको काम तनाव कम गर्ने हो। वा दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ। तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ। कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो।
स्वस्थ जीवन
हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन्। जसकारण हाम्रो शरीरमा ऊर्जा उत्पन्न हुन्छ। खुलेर हाँस्दा शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ। साथै अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ।
व्यवसायमा सफल
व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ। अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ। मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ। जो व्यवसायीका लागि सकारात्मक पक्ष हो। हँसिला मानिस मात्र व्यवसायमा सफल छन भन्ने प्रमाणित भइसकेको तथ्य हो।
सकारात्मक ऊर्जा पैदा
जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ। अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ। खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन। बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ। अनि, बिहानैदेखि खुसी छाउँछ। एजेन्सीकाे सयाेगमा
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया