शनिबार, ०४ अप्रिल २०२६

इरानको हवाई आक्रमणमा परी यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

News Image
• • •

संयुक्त अरब इमिरेट्स (यूएई)मा इरानले गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीनजनाले ज्यान गुमाएका छन्।

यूएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, इरानी आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी तीनजना विदेशी नागरिकले ज्यान गुमाएका छन्।

यूएईस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँको मन्त्रालयले एक नेपालीको मृत्यु भएको पुष्टि गरेपछि परिचय खुलाएको छैन।

यूएईको रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ।

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरेपनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका रक्षा मन्त्रालयले बताएको छ। तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाएका थिए। आक्रणमा विभिन्न मुलुकका ५८ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!