बिएल संवाददाता
सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नंको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
ट्याक्टरको इन्जिनमा च्यापिएर उनी दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए। उनका अनुसार ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन्।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शवपरीक्षणका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिएका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया