बिएल संवाददाता
बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ।
यही चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो।
एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खबरको सिंगो गाउँ नै स्तब्ध बनाएको छ। दुवैजनाको उपचारको क्रममा शनिबार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए।
सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन्। डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थिए। उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन्। पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो।
बाजुरामा उपचार गर्न समस्या भएपछि थप उपचारको लागि तत्काल उद्धार गर्न हेलिकप्टर मगाएर बाहिर जिल्ला पठाइएको थियो। उनका परिवार र स्थानीयबासीले बाँच्ने आशा राखेपनि आशा निराशामा परिणत भई आमासहित शिशुको मृत्यु भएको हो।
घटनाले बाजुरा जस्तो दुर्गम तथा पिछडिएको क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरू यथावत् रहेको देखाएको हो।
आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिने क्रम भने रोकिएको छैन।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया