बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको सम्झौता होर्मुज स्ट्रेट खोल्नका लागि इरानलाई फेरि ४८ घण्टाको समय दिएका छन्। इरानका लागि यो अन्तिम र निर्णायक समय भएको पनि उनले बताएका छन्।
‘इरानले याद राखोस् जब मे उनिहरूलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्नका लागि १० दिनको समय दिएका थिए। अब त्यो समय सकिइसकेको छ’ ट्रम्पले इरानलाई धम्की दिँदै भनेका छन् ‘अब इरानमाथि हामीले निर्णायक आक्रमण गर्नका लागि उनिहरुसँग ४८ घण्टामात्रै बाँकी छ।’
ट्रम्पले इरानको अस्तित्वलाई मेटाएर फेरि उसलाई ढुङ्गेयुगमा फर्काइदिने चेतावनी पनि दिएका छन्।
ट्रम्पको यो धम्कीपछि इरानले पनि अमेरिकालाई कडा चेतावनी फर्काएको छ। इरानको खातम अल अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अब्दुल्लाहले अमेरिकालाई अब नरकको द्वार खोल्ने समय आइसकेको बताएका छन्।
‘अमेरिकीहरूले यो नभुलून् कि यदि यस्तै रह्यो भने तिमीहरूको क्षेत्र पूरै नकर बनाउन हामी तयार छौं। इरानको इस्लामिक गणराज्यमाथि तिमीहरूले पराजय स्विकार गर नत्र तिमीहरूका लागि नरकको द्वार हामीले खुलाउनेछौ’ उनले भनेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया