बिएल संवाददाता
विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन्।
माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ। एक जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ।
बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङलेठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया