बिएल संवाददाता
नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानूनीरूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोले सम्मान गरेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मंसिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो।
मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा विवाह दर्ता गर्ने बाटो खुलेको छ।
७ पुसमा कैलालीको कैलारी गाउँपालिका कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश चौधरीको विवाह दर्ता गरेको थियो। मनिला र प्रकाश इन्द्रेणी विवाह दर्ता गर्ने दोस्रो जोडी हुन्।
सर्वोच्च अदालतमा विवाह दर्ताको आदेश माग्दै रिट दर्ता गर्नेमध्ये माया र सुरेन्द्रको मात्रै कानूनीरूपमा विवाह दर्ता भएको छ। रिट दर्ता गर्ने अरू ८ जोडी भने अहिले गुमनाम छन्। उनीहरू विवाह दर्ताका लागि कुनै प्रक्रियामा गएका छैनन्।
सर्वोच्चमा मुद्दा नगर्ने जोडीका लागि समेत विवाह दर्ता गरिदिने अन्तरिम आदेशपछि देशका विभिन्न स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी विवाह दर्ताको प्रक्रियामा लागेको छन्।
पहिलो विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल माया र सुरेन्द्रलाई सम्मान गरिएको लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोका अध्यक्ष चन्द्र गुरुङ्गले बताए।
प्राइड रेन्बोले प्यारालाइसिस पीडित तेस्रोलिंगी नैना राईलाई आर्थिक सहयोग पनि गरेको छ। राईलाई ११ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङ्गले बताए।
सम्मान र आर्थिक सहयोग हस्तान्तरण लायन्स क्लबका फस्ट डिस्ट्रिक्ट गभर्नर, डिपार्टमेन्ट चिफ मनकुमार श्रेष्ठ सहित अध्यक्ष गुरुङ्गले गरेका हुन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया