बिएल संवाददाता
दाङको घोराही सिमेन्ट उद्योग बाहिर स्थानीयले नाराबाजी गरेका गरेका छन्।
बुधबार बिहान सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले नाराबाजी गरेका हुन्।
घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्रोल पम्पमा टिप्परमा तेल हाल्ने क्रममा सो दुर्घटना भएको हो।
शर्मालाई ठक्कर दिने टिप्पर चालक ३० वर्षीय वसन्त जिएमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकका आफन्तले भने दुर्घटनामा लापर्बाही भएको भन्दै दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग राखेर सिमेन्ट उद्योगको गेटमा नाराबाजी गरेका हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया