बिएल संवाददाता
सांसद सुनिल शर्माले मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्या प्रकरणकाे गहन छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्।
साेमबार राति भएकाे किशाेरी हत्या प्रकरणसम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरी परिवारलाई न्याय दिलाउन सांसद शर्माले सरकारसंग आग्रह गरेका हुन्।
घटनाको छानबिन गरि कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे-७ स्थित लामा टोलमा १५ वर्षीया बालिकाको हत्या भएको खबरले एकदमै दुःखित भएको छु। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषी लाई कारबाही गरि परिवारलाई न्याय दिलाउन सरकारलाई अनुरोध गर्दछु। ’
पथरीशनिश्चरे वडा नं ७ मा आफन्तको घरमा बस्ने खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राईको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो।
राति करिब १० बजे सौचालय छेउमा आवाज आएपछि जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए।
घटना भएको जानकारी पाउनासाथ प्रहरी उक्त स्थानमा पुगेको थियो। हाल मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएको प्रहरीले जनाएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया