बिएल संवाददाता
बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका– १ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेकाे हाे।
फागुन ११ गते दिउँसाे १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ।
गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।
किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीकाअनुसार पकाउ परेका बाेहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया