
बिएल संवाददाता
प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कार्यादेशबारे सहमति जुट्ने सकेकाे छैन।
साेमबार बिहान बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन्।
आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलगसमेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए।
प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन्। उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए।
परियारले आजै कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताए।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन्।
त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया