बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नै नरहेको बताएका छन्। शनिबारदेखि सुरु भएको पार्टीको ‘राष्ट्रिय जागरण अभियान’को उद्घाटनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको र एमाले भ्रष्टाचार अनि भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी भएका कारण दुई पार्टी मिल्ने सम्भावना नै नरहेको दाबी गरे।
उनले नेकपा र नेकपा एमाले एउटै पार्टी हुन् भन्ने भाष्य निर्माण गरिएको भन्दै दुबैको बिचार अनि आचरण नै फरक रहेको पनि दाबी गरे।
‘हाम्रो पार्टी अनि केपी ओलीजीको पार्टी एउटै होइन। एउटै हो जस्तो भाष्य बनाइएको छ। त्यो कदापि हुनसक्दैन। हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ’ उनले भने ‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौं। तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ।’
दुई दलको चरित्र नै फरक भइसकेको दाबी गर्दै उनले कम्युनिष्ट पार्टीको विचार र भावना नेकपासँगै रहेको जिकीर पनि गरेका छन्।
‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो। यो विघटन नभई रूपान्तरण हो। हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौं। त्यतिबेला हामीलाई हटाएर नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ। त्यस्तै भयो पनि’ उनले भने ‘हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ। हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया