
बिएल संवाददाता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियाकाे राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।
पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ।
गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।
क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरूसहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन्।
पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ।
रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए।
पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया