बिएल संवाददाता
झापाको दमक नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षले गैरकानुनी रुपमा सेवाग्राहीसंग मिलेमतो गरी किर्ते कागजात दिएको पाइएको छ।
वडा नम्बर ५ को वडाध्यक्ष इन्द्र बहादुर गुरुङले आर्थिक प्रलोभनमा परि उक्त वडाबाट विवाह भई गएकी एक जनालाई विवाहित भनेर जान्दा जान्दै अविवाहित भएको भनि सिफारिस दिएका छन्।
वडाध्यक्ष गुरुङले सो वडाबाट २०६९ साल वैशाख १४ गते दमक नगरपालिका वडा नम्बर ७ का राजीव राईसँग विवाह गरेर गएकी टेकबहादुर गुरुङकी छोरी भिष्मा गुरुङले विवाह दर्ता २०७२ साल साउन १७ गते गरेकी थिइन्। तर वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी निज भिष्माको विवाह भएको भनेर जान्दा जान्दै कानुनी सिमा नाघेर २०७९ साल कार्तिक २७ गते अविवाहित हो भनेर प्रमाणित गरी कागज बनाइदिएको पाइएको छ।
वडाध्यक्ष गुरुङसँग यस विषयमा कुरा गर्न खोज्दा कुरै गर्न चाहेनन्। पटकपटक गुरुङलाई सम्पर्क गर्न खोज्दा फोन नउठाउने र वडा कार्यालयमै गएर कुरा गर्न खोज्दासमेत गुरुङले यस विषयमा प्रतिक्रिया नदिइ टार्ने, भाग्ने गरेपछि वडाध्यक्ष गुरुङले मोटो रकम लिएर उक्त सिफारिस गरिदिएको आशंका गरिएकाे छ।
विवाहिता भिष्मालाई बेलायत जानको लागि अविवाहित भएको सरकारी कागज चाहिएपछि माइती घरमा आउजाउ हुँदा राम्रो चिनजान भएका वडाध्यक्ष गुरुङलाई आर्थिक प्रभावमा पनि भिष्माले उक्त सिफारिस लिएको श्रोतको दावी छ। मतदाता नामावलीमा समेत भिष्माको पतिको महलमा राजिव लेखिएको पाइएको छ।
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया