बिएल संवाददाता
इजरायल जाने कामदारहरुकाे लागि पासपाेर्टका सन्दर्भमा उत्पन्न द्विविधाबारे वैदेशिक राेजगार विभागले स्पष्ट पारेकाे छ।
यसअघि प्रकाशित कामदार मागकाे आवेदन आव्हानमा ‘पासपाेर्टकाे म्याद कम्तिमा तीन वर्ष हुनुपर्ने’ उल्लेख गरिएकाे थियाे। त्यसयता यस सन्दर्भमा द्विविधा उत्पन्न भएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेर यसबारे प्रस्ट्याएकाे छ।
विभागकाअनुसार इम्प्लेमेसन प्राेटाेकलमा पासपाेर्टकाे म्याद सकिन कम्तिमा तीन वर्ष बाँकी हुनुपर्ने व्यवस्था रहेकाे छ। ‘तसर्थ, पछि इजरायलबाट नाम-चेक गर्ने समयमा कम्तिमा १ वर्ष म्याद भएकाे पासपाेर्ट मात्रै स्वीकार गरिने हुँदा हाललाई प्रणालीमा कम्तिमा पनि १ वर्ष २ महिना अर्थात् १४ महिना म्याद बाँकी रहेकाे पासपाेर्टलाई आवेदन प्रयाेजनका लागि अनुमति दिइएकाे व्यहाेरा सरकारवालाकाे जानकारीका लागि याे सूचना जारी गरिएकाे छ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा ८ सयजना सहायक कामदारहरुकाे आवेदन खुला गरेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया