बिएल संवाददाता
उदयपुरमा एक महिलाले घाँटी थिचेर श्रीमानको हत्या गरेकी छन्।
त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीले उनकाे ६० वर्षीय श्रीमान श्याम कुमार राईको घाँटी थिचेर हत्या गरेकी हुन्।
हत्याकाे अभियाेगमा रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
श्याम गत शनिबार साँझदेखि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ लालपत्ता चौकीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो।
निर कुमारीले घरायसी विवादको कारण श्यामको घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि उनलाई पक्राउ गरेको हो।
प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया