बिएल संवाददाता
रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा एक बालकसहित ८ जना भए पनि उनीहरूकाे परिचय खुल्न बाँकी छ।
माडी गाउँपालिका २ घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको हाे।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको छ।
दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएकाे छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया