बिएल संवाददाता
काठमाडाैँकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका दण्डपाणि भुसाल भेटिएका छन्।
पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय भुसाल शनिबार राति विमानस्थलमा अवतरण गरेलगत्तै बेपत्ता भएका थिए।
उनी झण्डै १५ घण्टापछि आफन्तको सम्पर्कमा आएका हुन्। प्रहरीका अनुसार उनी एकान्तकुनामा भेटिएका हुन्।
भुसाल अमेरिकामा छोराबुहारी भेटेर शनिबार साढे १० बजे विमानस्थलमा अवतरण गरेका थिए। त्यसपछि विमानस्थल बाहिर कुरिरहेका आफन्त फाेन सम्पर्क भएपछि बेपत्ता भएका थिए।उनी बेपत्ता भएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका थिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया