बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ।
आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
यसबीच प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।
उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्’ उनले भनेका छन्।
विजेतालाई एक करोड ५० लाख
एनपिएल तेस्रो संस्करणको विजेताका लागि यसपालि पुरस्कार राशी बढाइएको छ। क्यानका अनुसार विजेता टोलीले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछन्।
अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ पाएको थियो। यो सिजनमा एनपिलएलले लगभग १५० करोड भन्दा धेरैको कारोबार गर्ने एनपिलएलको लक्ष्य छ। प्रायोजनबाट १८ करोड र टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपयाँसम्म आम्दानी हुने अनुमान छ।
आइसिसीको मान्यता
तेस्रो सिजनका लागि एनपिएलले आइसिसीबाट प्राप्त आधिकारिक मान्यता पाएको छ। यसबाट विदेशी खेलाडीहरूको अनुबन्ध थप बलियो बन्नेछ। त्यस्तै हरेक खेलाडीको व्यक्तिगत रेकर्डले पनि अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।
विभिन्न समूहमा अनुबन्ध भएर आएका अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएललाई अन्तर्राष्ट्रियस्तरमा पनि रोमाञ्चक बनाएको छ।
डिआरएस
एनपिएलको यो तेस्रो सिजनसँगै नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डिआरएस) को प्रयोग हुनेछ। यसबाट थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा प्रविधिको सहायता लिइनेछ। विशेष, एलबिडब्लु, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुनेछ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया