बिएल संवाददाता
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्।
शुक्रबार नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो। आशा पैदा गर्ने काम आशावादीहरुको हो। हामीले आशाको सन्देश दिने हो। आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन। आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ। जनताको विश्वास जित्छ, संगठन बनाउँछ। संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ।’
साथै उनले कतिपय पार्टीका नेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने, जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे।
उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो। धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन। पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस्। पार्टीप्रतिका जनताका विश्वासलाई कमजोर बनाउने काम नगरौं। जे पायो त्यही नलेख्नुस्। आफ्नो ठाउँमा बस्नुस्। धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस्। एक हप्ता कोहीसँग नबोली बस्नुस्। तर, पार्टीप्रति त्यसरी निराशा पैदा नगर्नुस्।’
उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने, निराशा पैदा गर्ने सबैलाई कारवाही हुने समेत बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया