बिएल संवाददाता
उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बस सपार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामी रहेका छन्।
मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हाे।
बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाइघाटबाट तेज पत्ता बोकेर जाँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको थियो।
उक्त दुर्घटनाबाट तीन जनाकाे अवस्था भने गम्भीर रहेकाे छ।
बाराको बारा गढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काले जानकारी दिए।
तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया