बिएल संवाददाता
सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भुकम्पबाट चार जिल्ला प्रभावित भएको छ।
सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरण अनुसार एक पूर्ण रुपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो।
एक आंशिक गोठ र प्रहरी कार्यलयमा क्षति पुगेको बिवरण उल्लेख छ । प्रहरीका अनुसार बिस्थापित परिवारको संख्या ३, सामान्य घाइते ६ र घटना संख्या १३ रहेको प्रहरी बिवरणमा छ । यो बिवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर बिहान २ ः ५१ मा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो।
सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ। भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया