बिएल संवाददाता
अमेरिकामा अवैध रुपमा बस्दै आएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउन लागेको छ।
अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज पहिलोपटक बुधबार बिहान १० बजे काठमाडौं अवतरण गर्न लागेको हो।
नागरिक उड्डयन प्राधिकरणको उच्च स्रोतका अनुसार पहिलोपटक ११ नेपालीहरूलाई लिएर अमेरिकी जहाज नेपाल आउन लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
‘प्रारम्भिक जानकारी अनुसार ११ जना नेपालीहरूलाई लिएर चार्टर जहाज आउने जानकारी प्राप्त भएको छ। जानकारी अन्तिम होइन, संख्या थपघट हुन सक्छ,’ स्रोतले भन्यो।
यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई विभिन्न एयरलायन्सको नियमित उडानबाट नेपाल फर्काउने गरेको थियो।
नेपालस्थित अमेरिकी दूतावासले एक महिनाअघि नै नेपालीहरूलाई चार्टर जहाजमार्फत फिर्ता गर्न लागेको जानकारी नेपालको गृह मन्त्रालयलाई दिइसकेको खुलेको छ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अध्यागमन कानुन परिवर्तन गरेका छन्। अवैध आप्रवासीविरुद्ध कठोर नीति लिएका ट्रम्पले उनीहरूलाई धमाधम पक्राउ गर्दै देश फिर्ती सुरु गरेका छन्।
केही महिनाअघि अमेरिकामा अवैध रुपमा बस्दै आएका भारतीय नागरिकहरूलाई हातमा हत्कडी र खुट्टामा नेल लगाएर अपराधीलाई झैं व्यवहार गर्दै फिर्ता गरेको थियो। नेपालीहरूलाई पनि त्यस्तै अमानवीय व्यवहार गर्छ वा बिना हत्कडी फिर्ता गर्छ स्पष्ट भइसकेको छैन।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया