बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन्।
बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै भने व्यवस्थाले देश बर्बाद भएको भन्ने विषय सबैले बुझेको बताउँदै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन्।
‘तपाईंहरूसँग दुई तिहाई छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरूलाई हामी समर्थन गर्छौं। अनि चुनाव लडेर आऔं, जितौं,’ उनले भने, ‘आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन।’
कार्यक्रममा ११ सय जनाले नेकपा माओवादी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए।
कार्यक्रममा भौतिक पूर्वाधार सभापति माननीय दिपक बहादुर सिंहको पनि उपस्थिति रहेको थियो भने राप्रपा केन्द्रीय सदस्य राम थक्क र रामहरि न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ र प्रदेशकी महिला विभाग प्रमुख खुसी कार्की, राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापा र नगर अध्यक्ष अरुण लामा लगायतका नेताहरूको उपस्थिति थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया