बिएल संवाददाता
अमेरिकाले निकै ‘खतरनाक’ ग्याङ मानिने एउटा अपराधिक समूहलाई अल सल्भाडोरको जेल पठाएको छ। भेनेजुलाका लगभग २३८ जनालाई मध्य अमेरिकी उक्त देशको जेलमा पठाइएको हो।
उनीहरूलाई अमेरिकाले ‘अपराधी आप्रवासी’ मानेको छ। ट्रम्पले बिना सुनुवाई देश निकाला गर्ने कानुन लागु गरेका छन्। यो कानुनअनुसार अमेरिकाले अपराधी घोषित गरेका आप्रवासीहरूले कुनै पनि न्यायिक निकायमा अपिल गर्न पाउने छैनन्।
ती भेनेजुयाली नागरिकलाई पनि अमेरिकाले अपराधी घोषणा गरको छ। अन्तर्राष्ट्रिय आपराधिक समूह एमएस-१३का सदस्यहरू मानिने यिनीहरू निकै खरतानक छन्।
हालैमात्र ट्रम्पले साल्भाडोरसँग अपराधि राख्ने जेलका लागि सम्झौता गरेका थिए। यो विश्वकै एक अनौठो सम्झौता हो जसले एक अर्को देशमा कैदीहरू राख्ने बाटो खुलाइ दिएको छ। त्यो एक प्रकारले अमेरिकाले जेल भाडामा लिएजस्तै हो। यो जेलमा आफूले कैदी राखेवाफत अमेरिकाले साल्भाडोरलाई लाखौं डलर तिर्नुपर्छ।
साल्भाडोरको यो जेल निकै कडा र खतरानाक मानिन्छ। गत २०२३ मात्रै सल्भाडोरले उक्त जेल बनाएको थियो। जहाँ कुख्यात र खतरनाक अपराधीहरूलाई राखिन्छ। यो जेलमा लगभग ४० हजार कैदीहरू राख्न सकिन्छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया