बिएल संवाददाता
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ।
हृदयघातका कारण शनिबार बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।
गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष समेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री गगन थापासहितका नेताहरूले श्रद्धाञ्जली दिए।
शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको अन्त्येष्टि शनिबार दिउँसो पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। बस्नेत नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरूमा सहभागिता जनाएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया