
बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी सहर वासिङ्गटनमा सार्वजनिक सुरक्षा आपतकाल (इमर्जेन्सी) घोषणा गरेका छन्। अब उक्त सहर पुलिस विभाग (एमपिडी) र संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले निन्त्रणमा लिनेछन्।
सहरमा आपराधिक क्रियाकलापहरू बढ्दै गएपछि ट्रम्पले आपतकाल घोषणा गरेका हुन्।
उनको घोषणासँगै सहरभरि प्रहरी र एफबिआईका अधिकारीहरू बाक्लोरुपमा तैनाथ भएका छन्। त्यसका लागि संघीय प्रहरी विभाग नै खटिएको छ।
ट्रम्पका अनुसार सहरमा आपराधिक गिरोहको ‘सफाया’का लागि उनले यस्तो कदम चालेका हुन्। हरेक दिन सहरमा लुटपाट, गोलीकाण्ड, बलात्कार तथा चोरीजस्ता आपराधिक गतिविधि बढ्दै गएपछि उनले राजधानीलाई संघीय सुरक्षा निकायको नियन्त्रणमा राखेका हुन्।
‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट अनुसार हामीले वासिङ्गटन डिसीलाई प्रहरीको केन्द्रिय विभागको नियन्त्रणमा लिएका छौं’ ट्रम्पले पत्रकारहरूसँग भनेका छन् ‘के तपाईं चाहनुहुन्छ यहाँ हरेक दिन लुटपाट होस्, बलात्कार होस् अनि गोली काण्डहरू होऊन्? त्यसैको नियन्त्रणका लागि हामीले यो कदम चालेका हौं।’
उनले यो राजधानी सहरमा हत्याका घटनाका लागि विश्वकै खराब स्थानका रुपमा लिएको पनि बताए। त्यस्तै पछिल्लो समय चोरी तथा लुटपाटका घटनाहरू पनि बढिरहेका छन्। उनका अनुसार अब प्रहरीले बिनाकुनै बाधा हिंस्रक गिरोह, हत्याराहरूको समूह तथा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा कारबाही गर्नसक्नेछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया