बिएल संवाददाता
अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरण गर्ने क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ। आगलागीपछि विमास्थलको आकाशमा धुवाँको मुस्लो देखिएको छ।
विमानस्थल उद्धार टोलीले द्रुत गतिमा उद्धार कार्य सुरु गरिसकेको छ। विमानमा सवार कसैलाई पनि गम्भीर चोट लागेको छैन।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमान पार्किङमा रहेको अर्को विमानसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानको आगलागी वरपरको घाँसे मैदानमा फैलिँदा एयरपोर्टको आकाश धुवाँले ढाकिएको छ।
मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ।
विमान ठोक्किने बित्तिकै विमानका पाइलट र तीन यात्री आफैं आपतकालिन द्वारबाट बाहिर निस्किएका थिए। उनीहरू सामान्य घाइते भएका छन्। उनीहरूको विमानस्थलमै उपचार भइरहेको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया