बिएल संवाददाता
अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरण गर्ने क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ। आगलागीपछि विमास्थलको आकाशमा धुवाँको मुस्लो देखिएको छ।
विमानस्थल उद्धार टोलीले द्रुत गतिमा उद्धार कार्य सुरु गरिसकेको छ। विमानमा सवार कसैलाई पनि गम्भीर चोट लागेको छैन।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमान पार्किङमा रहेको अर्को विमानसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानको आगलागी वरपरको घाँसे मैदानमा फैलिँदा एयरपोर्टको आकाश धुवाँले ढाकिएको छ।
मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ।
विमान ठोक्किने बित्तिकै विमानका पाइलट र तीन यात्री आफैं आपतकालिन द्वारबाट बाहिर निस्किएका थिए। उनीहरू सामान्य घाइते भएका छन्। उनीहरूको विमानस्थलमै उपचार भइरहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया