महेश चौलागाईं
जुम्लामा काँचो स्याउ टिप्न कडाइ गरिएको छ।
पातारासी गाउँपालिकामा किसान र व्यापारीले लुकिछिपी काँचो स्याउ किनबेच गरेको अवस्थामा प्रहरीले करिब ३०० किलो काँचो स्याउ बरामद गरेको छ।
पातारासी-४ का मक्कबहादुर रोकायाको बगैंचाबाट व्यापारी हरिसप्रसाद देवकोटाले करिब ३०० किलो काचाे स्याउ असारमै पाक्ने भनेर संकलन गरेका थिए। तर, उर्थु प्रहरी चौकीले सोमबार जाँच गर्दा भदौमा मात्र पाक्ने काँचो स्याउ भेटिएपछि नियन्त्रणमा लिएको हो।
गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार जिल्लाको सरोकारवालाको बैठकले भदौ १५ भन्दा अघि स्याउ टिप्न नपाइने निर्णय गरिसकेको छ। निर्णयको ठाडो उल्लंघन भएकाले बरामद स्याउ गाउँपालिकाको जिम्मामा राखिएको छ र व्यापारीविरुद्ध कानुनी कारबाहीका लागि जिल्ला कृषि विकास कार्यालयलाई खबर गरिसकिएको छ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार अनुगमन गर्दा बरामद स्याउमा गुलियोपना साखर मात्रा केवल ९ प्रतिशत मात्र भेटिएको छ, जबकि बजारमा पठाउन न्यूनतम १२–१५ प्रतिशत गुलियोपना आवश्यक हुन्छ।
यसरी अपरिपक्व फल संकलन गर्दा किसानको आम्दानी मात्र होइन, जिल्लाको स्याउको प्रतिष्ठा पनि खस्कने खतरा रहेको अधिकारीले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया