मङ्गलबार, १३ अक्टोबर २०२६

खगेन्द्र प्रकरणमा महेश बस्नेतको प्रतिक्रियाः महिलाको चरित्रमाथि आक्रमण गर्ने छुट कसैलाई छैन

News Image
• • •

एमाले सचिव महेश बस्नेतले महिला पूर्वसांसदलाई अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिने रास्वपा सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको सार्वजनिक अडियोले गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै कसैको चरित्रमाथि आक्रमण गर्ने, अश्लील गालीगलौज गर्ने र ज्यान मार्ने धम्की दिने छुट कसैलाई नभएको बताए।

‘महिलाको सम्मान र सुरक्षाको रक्षा गर्नु राज्यको जिम्मेवारी हो। प्रहरीले निष्पक्ष छानबिन गरोस्। आरोप प्रमाणित भए कानुनअनुसार कारबाही होस्,’ बस्नेतले भनेका छन्।

‘रास्वपा किन मौन छ? आफ्नै सांसदको विवादमा स्पष्ट जवाफ दिनुपर्दैन?’ राजनीतिक पद र शक्तिको आडमा कानुनभन्दा माथि कोही पनि नहुने भन्दै बस्नेतले रास्वपालाई प्रश्न गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!