बिएल संवाददाता
सर्लाहीमा गोली हानेर एकजना व्यक्तिको हत्या भएको छ। हरिपूरवा नगरपालिका-६ का ४० वर्षीय रामपुकार यादवलाई मोटर साइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए।
शुक्रबार साँझ घरमै बसेर छिमेकीसँग कुराकानी गरिरहेका यादवलाई गोली हानेर उनीहरू भागेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल पुर्याएको थियो र त्यहिँ चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईका अनुसार गोली प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोली प्रहार गरेर भागेका उनीहरूको मोटरसाइकल केही पर पुगेर दुर्घटना भएको थियो। र त्यही दुर्घटनामा घाइते भएका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराइरहेको छ। अर्का एकजना भने फरार छन्।
मृतक यादव निजी विद्यालयका शिक्षक पनि हुन्। उनले गाउँमा किसान तथा आर्थिक समस्यमा परेकाहरूलाई व्यक्तिगत ऋण लगानी गर्दै आएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया