
बिएल संवाददाता
सर्लाहीमा गोली हानेर एकजना व्यक्तिको हत्या भएको छ। हरिपूरवा नगरपालिका-६ का ४० वर्षीय रामपुकार यादवलाई मोटर साइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए।
शुक्रबार साँझ घरमै बसेर छिमेकीसँग कुराकानी गरिरहेका यादवलाई गोली हानेर उनीहरू भागेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल पुर्याएको थियो र त्यहिँ चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईका अनुसार गोली प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोली प्रहार गरेर भागेका उनीहरूको मोटरसाइकल केही पर पुगेर दुर्घटना भएको थियो। र त्यही दुर्घटनामा घाइते भएका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराइरहेको छ। अर्का एकजना भने फरार छन्।
मृतक यादव निजी विद्यालयका शिक्षक पनि हुन्। उनले गाउँमा किसान तथा आर्थिक समस्यमा परेकाहरूलाई व्यक्तिगत ऋण लगानी गर्दै आएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया