बिएल संवाददाता
राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेको शरीरमा भिटामिन ‘डी’को कमी देखिएको छ।
सोमबार ट्रमा सेन्टरका डाक्टरको टोलीले रविको स्वास्थ्य जाँच गर्दै रगत परीक्षका लागि नमूना लिएको थियो। रगत जाँचका क्रममा उनको रगमा भिटामिन डी को कमी देखिएको डा. जितेन्द्र प्रसाद यादवले बताए।
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डाक्टर यादवले बताएका छन्।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव रवि लामिछानेलाई सुझाव दिन नख्खु कारागार पुगेका छन्।
शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा हड्डी कमजोर हुने, रिँगटा लाग्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, कपाल झर्ने जस्ता समस्या देखिने चिकित्सकहरू बताउँछन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया