
बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन आग्रह गरेका हुन्।
जोर्डनले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने राष्ट्रपतिले भनेका छन्।
राष्ट्रपति पौडेललाई आइतबार जोशीकी आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने पनि आश्वासन दिएका थिए। सोही प्रतिवद्धता अनुसार राष्ट्रपतिले जोर्डनका राजालाई पत्र लेखेका हुन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया