बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ। आज दिउँसो कार्कीले बिहीबार बिहान साढे ११ बजे मोदीसँग टेलिफोन वार्ता गर्दैछिन्।
यसअघि मंगलबारका लागि टेलिफोन वार्ता तय भए पनि त्यो बेला मोदी बिहारको कार्यक्रममा सहभागी भएका कारण अन्तिम समयमा रोकिएको थियो।
जेन-जीको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र चुनाव गराउनेगरी कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए।
उनको नियुक्तिलगत्तै भारतीय विदेश मन्त्रालयले कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि मोदी आफैले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिए।
बुधबारमात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमै पुगेर कार्कीसँग भेट गरेका थिए। आजै कार्कीलाई चिनियाँ राजदूतले पनि भेट गर्दैछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया