बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ। आज दिउँसो कार्कीले बिहीबार बिहान साढे ११ बजे मोदीसँग टेलिफोन वार्ता गर्दैछिन्।
यसअघि मंगलबारका लागि टेलिफोन वार्ता तय भए पनि त्यो बेला मोदी बिहारको कार्यक्रममा सहभागी भएका कारण अन्तिम समयमा रोकिएको थियो।
जेन-जीको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र चुनाव गराउनेगरी कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए।
उनको नियुक्तिलगत्तै भारतीय विदेश मन्त्रालयले कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि मोदी आफैले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिए।
बुधबारमात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमै पुगेर कार्कीसँग भेट गरेका थिए। आजै कार्कीलाई चिनियाँ राजदूतले पनि भेट गर्दैछन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया