बिएल संवाददाता
नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि शुक्रबार यात्रा परामर्श जारी गरेको छ।
दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ। सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्। यद्यपि नेपाल यात्रा गर्ने भारतीयहरूलाई सतर्कता अपनाउन र दूतावास वा नेपालको स्थानीय निकायले जारी गर्ने सल्लाहअनुसार चल्न सुझाव छ।’
दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ।

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया