
बिएल संवाददाता
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका सभापतिमाथि महामन्त्रीहरूले ‘नुनचुक’ छर्किरहेको बताएका छन्। आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनकारीको आक्रमणबाट घाइते भएका आफ्ना सभापति अस्पतालमा उपचार गराइरहेको र यस्तो बेलामा नेतृत्व परिवर्तनका कुराहरू ल्याएर नुनचुक छर्किएको बताए। यद्यपि उनले महामन्त्रीहरूको नाम भने लिएनन्।
जेनजीको आन्दोलनपछि काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले नयाँ पुस्ताको भावनाअनुसार तत्कालै पार्टीको पुन:संरचनामा जानुपर्ने धारणा राख्दै आएका छन्।
‘हाम्रा पार्टीसभापतिमाथि सांघातिक आक्रमण भएको छ। उहाँको उपचार अझै सकिएको छैन’ आक्रोशित हुँदै महतले भने ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पर्खिन नसक्ने? आकाशै झरिहाल्छ जस्तो गर्ने?’
पार्टीको कार्यसम्पादन समितिले गरेको आधिकारिक निर्णयभन्दा बाहिर गएर धारणा दिइरहेको भन्दै उनले पार्टी पुनसंरचनाप्रति सबै गम्भिर भएको पनि बताए।
जेनजीको आन्दोलनका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आरजुमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए। उनीहरूलाई सेनाले उद्धार गरेर अस्पताल पुर्याएको थियो। अहिले दुबैजना उपचाररत छन्। उनीहरूको निजी निवास पनि आन्दोलनकारीले जलाइदिएका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया