बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेताहरूले अध्यक्ष प्रचण्ड परिवारको विलासी जीवनबारे प्रश्न उठाउन थालेका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लगाउने गरेको महँगो घडी र उनकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागबारे नेताहरूले प्रश्न उठाएका हुन्।
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोतबारे प्रश्न उठाएका छन्।
उनले भनेका छन्, ‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ। यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मिडिया र नेपाली कांग्रेसका सांसद सुनिल शर्मा विरुद्धसमेत मानहानीको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं।’
उनले थपेका छन्, ‘ती सामान उपहारका रुपमा प्राप्त भएको हुन् भने विक्री गरेर प्राप्त रकम ‘घाइते योद्धाहरूको कोष' मा जम्मा गरौं। प्रधानमन्त्रीका रुपमा उपहार प्राप्त भएको हो भने त्यो सरकारी खजानामा जम्मा गरौं। स्मरण होस् कि पाकिस्तानमा इमरान खानमाथि लागेका मुद्दाहरूमध्ये एउटा प्रमुख मुद्दा यो पनि रहेको छ कि उनले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेका महँगा उपहार बेचेर निजी लाभ प्राप्त गरे।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया