बिएल संवाददाता
पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ।
सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन्। पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन्।
पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो।
दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका ७ का स्थानीय हिरालाल पाध्यायले बताए।
दशैँ, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौँतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गर्ने गरिन्थ्यो तर पछिल्लो समय परम्परा हराएको स्थानीय पाध्यायको भनाइ छ। नयाँ आधुनिक सुबिधामा मानिसहरु तानिएको हुँदा पिङ हाल्ने प्रवृति हराएको उनको बुझाई छ।
दसैँ तिहारमा पिङ खेल्ने संस्कृति अहिलेका नयाँ पुस्ताले बिर्सदै गएको प्रति बुढापाखाले चिन्ता समेत व्यक्त गरेका छन्। बाजुराका ९ वटै स्थानीय तहमा पहिले तामझामका साथ रमाइलो गरेर खेलिने पिङ पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको हो।
चाडबाडको सम्झना दिने, गाउँघरमा थप रमझम बढाउने यस्ता परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनु पर्ने कुरामा बुढापाकाले जोड दिएका छन्। पुराना संस्कृतिलाई नयाँ पुस्ताले पनि अनुशरण गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ।
पिङको लागी बाबियो काटेर लुठो बाटी वरपर चार वटा खामा गाडेर बनाईन्छ। त्यस्तै खाली बाबियो बाटेर एउटा रुखको हाँगामा वरपर बाँधेर पनि पिङ खेल्ने गरिन्छ। नयाँ प्रविधिका कारण दसैँ र तिहारमा निर्माण गरेर खेलिने पिङको प्रचलन बिस्तारै हराउँदै गएको जानकारहरु बताउँछन्।
बाजुरामा दशै तिहारमा खेलिने पिङ,विभिन्न मेला,देउडा लगायतका परम्परा विस्तारै लोप हुँदै गएका छन्। यसरी पुराना परम्परा लोप हुँदै जाँदा स्थानीय संस्कृतिको जगेर्ना तथा सम्बद्र्धनमा असर पर्दै गएको छ। परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने पिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया