सोमबार, १३ अक्टोबर २०२५

विपिन जोशी अब जीवित नरहेको इजरायलको अधिकारीक पुष्टि

News Image
• • •

इजरायली अधिकारीहरूले हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको पुष्टि गरेका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले हाल अमेरिकामा रहेका जोशीकी आमा र बहिनीलाई र नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका हुन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत जानकारी दिँदै भने, ‘इजरायली अधिकारीहरूले विपिन जोशी जीवित नरहेको औपचारिक रूपमा परिवारलाई सूचित गरेका छन्।’

हमासले इजरायती सेना आईडीएफलाई विपिन जोशी जीवित नरहेको जानकारी गराएको इजरायली मिडियाले उल्लेख गरेका छन्।

जोशी सन् २०२३ अक्टोबरमा इजरायलीमा कृषि अध्ययनका लागि गएको क्रममा हमासको आक्रमणमा बेपत्ता भएका थिए। उनले अध्ययन गरिरहेको दक्षिण इजरायलीको खेत क्षेत्रमा हमासको हमलापछि उनलाई अपहरण गरी गाजा लगिएको आशंका गरिएको थियो।

नेपाल सरकारले विपिनको उद्धारका लागि विभिन्न तहमा पहल गरेको भए पनि आजसम्म उनको अवस्थाबारे स्पष्ट जानकारी आउन सकेको थिएन।

आजको आधिकारिक सूचनासँगै उनको मृत्युको पुष्टि भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!