बिएल संवाददाता
जिल्ला प्रहरी परिसरले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको छ।
जेन–जी नरसंहारमा ओली–लेखकविरुद्ध जसरी भए पनि प्रमाण पुर्याएर पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको दवाबका बाबजुद प्रहरीले जाहेरी तामेलीमा राख्ने निर्णय गरेको हो।
गत भदौ २३ र २४ गतेको घटनामा ओली–लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न भन्दै हामी नेपाल एनजीओका संयोजक सुदन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
परिसर स्रोतका अनुसार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग जाहेरी दर्ता गरेर कसरी अघि बढ्ने भन्ने विषयमा राय माग गरेको थियो।
कार्यालयले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदनपछि कसलाई मुद्धा चलाउने वा नचलाउने टुंगो लाग्ने भएकाले प्रतिवेदन नआउँदासम्म जाहेरी दर्ता गर्नु नपर्ने राय दिएपछि मुद्धा तामेलीमा राख्ने निर्णय भएको हो।
प्रहरीले ओली–लेखकसहित गुरुङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्धको जाहेरी पनि तामेलीमा राख्ने निर्णय गरेको छ। उनीहरूविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी दिएको थियो।
प्रहरी स्रोतका अनुसार सरकारले निर्वाचनको मिति तोकिसकेकाले ओली–लेखकविरुद्ध जाहेरी लिँदा निर्वाचन भाँडिने डर बढ्ने र उनीहरूविरुद्धको जाहेरी लिँदा गुरुङ र साहको पनि जाहेरी लिनुपर्ने दवाबका कारण मुद्धा तामेलीमा राख्ने निर्णय गरिएको हो।
यसअघि कार्की आयोग र प्रहरीबीच जाहेरी लिने विषयमा अन्यौलता देखिएको थियो। परिसरले जाहेरी आयोगमा पठाएकोमा आयोगले फौजदारी मुद्धा आफ्नो कार्यक्षेत्र बाहिर रहेको भन्दै फिर्ता पठाएको थियो।
अहिले भने दुवै जाहेरी आयोगमै पुनः पठाइएको स्रोत बताउँछ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया