बिएल संवाददाता
आज छठको दोस्रो दिन पञ्चमीको यो तिथिमा छठ अन्तर्गत ‘खराना’ विधि गरिन्छ।
यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सखर, दुध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन्। छठी पूजा नहुने टोलछिमेकका घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ।
काठमाडौंका वागमती किनारलगायत विभिन्न तालपोखरीहरूमा छठ पूजाको तयारी गरिएको छ। काठमाडौं महानगरले काठमाडौंका विभिन्न आठ स्थानमा छठ पूजाका लागि विशेष ठाउँ तोकिदिएको छ।
तराई-मधेशका सबैजसो ताल-तलैया र घाटहरू पनि सजाइएको छ। खासगरी तराई-मधेसवासीले मनाउने छठ अहिले भने हिमाली जिल्लासम्मै फैलिइसकेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया