विज्ञप्ति निकाल्दै नेपाल प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्
नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
पीडित युवतीले आफ्ना प्रेमीलाई आफ्नो गोप्य भिडियो पठाउने गरेकी थिइन्। उनीहरूको सम्बन्ध टुटेपछि प्रेमीका साथी अधिकारीले भिडियो देखाउँदै युवतीलाई ब्ल्याकमेल गर्न थाले। अधिकारीले युवतीसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्पर्क राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा हालि भाईरल गरिदिन्छु भन्दै धम्क्याउने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। नेपाल प्रहरीको साइबर ब्यूरोको प्राविधिक विश्लेषणमा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनी पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रदेश ३-०१-००६ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नम्बरको हाइससँग ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ। ब्रेक फेल भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा अड्किएको छ। दुर्घटनामा ११ जना घाइते भएका र सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। बकैया गाउँपालिका वडा नम्बर-३ चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराती ९ः३० बजेको समयमा चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको घुम्तिमा दुर्घटना भएको उनले बताए। दुर्घटनामा बसका चालकसहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन्।
बिएल संवाददाता - मकवानपुर
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्। बिहीबार बा३ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। तिव्रगतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीका अनुसार पूर्वपश्चिमका विभिन्न पाँच राजमार्गका सडकखण्डहरू एकतर्फी सञ्चालनमा आएका छन्। राप्ती राजमार्गको रुकुम पश्चिम, सुर्खेत-हुम्ला सडक, तथा जाजरकोटका मूल सडकहरू पूर्णरुपमा अवरुद्ध छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ। वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ।
बिएल संवाददाता - काठमाडौँ
इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन थालिएको छ। अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ।
बिएल संवाददाता - लहान
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जग्गा रैतानेमा परिणत गरिएको छ। म्याग्दीका साविक छ वटा गाविसमा रहेको मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन्।
बिएल संवाददाता - मस्ताङ
सशस्त्र प्रहरीले करीब ५ किलो पोलाइण्ड नामक लागूऔषधसहित काभ्रेको बनेपा-८ स्थित बसपार्क ईलाकाबाट चैत्र २६ गते दुईजनालाई नियन्त्रणमा लिएको छ। काभ्रेको धुलिखेल नगरपालिका-६ बस्ने २८ वर्षिय अमृत भण्डारी र सोही नगरपालिका-४ बस्ने ३० वर्षिय श्रीकृष्ण सत्याललाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट ५ पोका पोलाइण्ड नामक लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - काठमाडौं
गोकर्णेश्वर ५ मा सञ्चालित पर्ल्स इङिलस एकेडेमीको एसइई दिएका विद्यार्थीको बिदाइ तथा वार्षिक पुरस्कार वितरण समारोहको अवसरमा सानदार मिडिया प्रा.लि.का अध्यक्ष शिखर जङ्ग श्रेष्ठ (गजरकोटे)सम्मानित भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
कैलालीको अत्तरियामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको हो। ढुंगाले हानेर टाउको फुटाइएको र दाँतहरू पनि झारिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको पहिचान हुन सकेको छैन। शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रहरीको आशंका छ। मन्दिरभित्रै हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शव मन्दिरको प्रांगणमा भेटिएपनि मन्दिरभित्र र आसपासमा रक्ताम्मे भेटिएको छ। शव घिसारिएको बाटोसमेत देखिन्छ।
बिएल संवाददाता - कैलाली
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा पर्ने दाउन्नेको उकारो-ओरालो घुम्तीमा वर्षौंदेखि सडकको काम हुन सकेको छैन। जसका कारण करिब १४ किलोमिटरको यो सडक पार गर्न अहिले लगभग ६-७ घण्टासम्म लाग्ने गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ।
बिएल संवाददाता - झापा
बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ। बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो।
बिएल संवाददाता - बागलुङ
वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ। नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ। जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ। सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
चैते दसैँकाे अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ। नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो।
बिएल संवाददाता - बागलुङ