बुधबार, २६ नोभेम्बर २०२५

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

डढेलोबाट घर जोगाउनै मुस्किल

बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए। अकस्मात् डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पिर गाउँलेमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पाचथर

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जाजरकोटमा ३ मिनेटको अन्तरमा लगातार दुई भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ। पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी

आयोगको प्रदेश कार्यालय सुर्खेतमा चालु आर्थिक बर्षको आठ महिनाको अवधीमा रुकुमपश्चिम ५१, डोल्पा ६३, जुम्ला ८४, मुगु ३५, हुम्ला ६१, कालिकोट ८४, जाजरकोट ८८, दैलेख २ सय १६, सुर्खेत १ सय ७७ र सल्यानबाट ५२ वटा मुद्दा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

ओलीसँग भेटेपछि मोदीले गरे ‘ट्वीट’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन्। शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा बैंककमा ओलीसँग भेटेका माेदीले सामािजक सञ्जालमार्फत यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरू गर्न अनुमति नदिन संसदीय समितिले निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्याद नाघेको अश्रुग्यास प्रहार भएकाे छैन– आईजीपी

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले राजावादीले गरेकाे प्रदर्शनमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको दाबी गरेका छन्। शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग भयाे– कुलमान

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन्। बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच बर्षका उपलब्धीहरू सुनाएर विदा भए गभर्नर

पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतिहरु सुनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बक्यौता असुली गर्ने प्रयास नै ‘बर्खास्ती’को मुख्य कारण बन्यो: कुलमान

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिम्स्टेक शिखर सम्मेलन सुरु

सम्मेलन सुरु हुनुभन्दा २ दिन अघि नै थाइल्याण्ड गएका ओलीले त्यहाँ कैयौ द्वीपक्षीय भेटवार्ता पनि गरिरहेका छन्। औपचारिक कुटनीतिक सम्बन्ध कायम भएपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो भ्रमणका क्रममा थाइल्याण्डसँग कैयौ सम्झौताहरू भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला

रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा  गाडिएको अवस्थामा फेला परेको छ। वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवीको शव प्रहरीले बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

डढेलो लाग्न र फैलिन नदिन उच्च सतर्कता

वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ। कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ। वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बालेनले दिए शिक्षकहरूलाई फोहोर नगरेको भन्दै धन्यवाद

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन्। आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भन्सार छलीको सामान र पिकअप गाडीसहित एकजना पक्राउ

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको सामान र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका-४ बसपार्कबाट चेकजाँचका क्रममा उक्त सामान बरामद भएको हो।  जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार  एक प्रेस नोट जारी गरि प्र-२-०३-००१ज १३१ नम्बरको  पिकअप गाडीबाट किरानाको सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार कटहरीया बस्ने बर्ष २२ को निरजकुमार साहलाई पक्राउ गरिएको छ। बरामद सामान र पिकअप गाडीको ७ लाख ९९ हजार ९६० मुल्यांकन गरिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ट्रकमा भेटिएको २५ करोडका मालिक पत्ता लागे, ड्राइभर र मालिक एउटै गाउँपालिकाका

काठमाडौंको टोखास्थित झोरमा चीन जाँदै गरेको ट्रककमा भेटिएको २५ करोडको मालिक पत्ता लागेका छन्। राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भएका नारायण पौडेल रहेको खुलेको छ। यसअघि पैसा लुकाएर जाँदै गरेको ना७ख १६५२ नम्बरको ट्रक ट्रकसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

सरकारले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके