नेपाल-सीमामा भूकम्पको धक्का महसुस
नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ। नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ। नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो।
बिएल संवाददाता - काठमाडौं
सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँवर्षको साँझ गोली चल्दा देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्। सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भने, ‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ। जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ।’ उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमारसहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरू समेत प्रहरीले सङ्कलन गरेको छ।
बिएल संवाददाता - सुनसरी
पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन्। सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ।
बिएल संवाददाता - जाजरकोट
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो।
बिएल संवाददाता - सुनसरी
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ। सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज जुडशीतल पर्व मनाउन लागिएको हो। विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ। यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ।
बिएल संवाददाता - महोत्तरी
जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
तर शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारी शिक्षकजति आन्दोलनमा भएका कारण यसपालि यो भर्ना अभियान प्रभावित हुनेछ। लामो समयदेखि शिक्षकहरू आन्दोलनमै रहेपछि सरकारी विद्यालयमा वार्षिक परीक्षाका नतिजासमेत प्रकाशित हुन सकेको छैन।
बिएल संवाददाता - काठमाडाैँ
विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ।
बिएल संवाददाता - काठमाडौँ
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
बिएल संवाददाता - काठमाडौँ
शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयहरूमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्। वार्षिक परीक्षाका नजिता प्रकाशन गरेर वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्नुपर्ने विद्यालयहरू आन्दोलनकै कारण बन्द अवस्थामा छन्। नतिजासमेत प्रकाशन हुन सकेको छैन।
बिएल संवाददाता - काठमाडाैँ
पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो।
बिएल संवाददाता - काठमाडौँ
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो।
बिएल संवाददाता - नवलपरासी
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेभएका छन्। नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थियो। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थियो।
बिएल संवाददाता - भक्तपुर
समाज, परिवर्तन, स्वतन्त्रता, राष्ट्रियता, प्रेमका बिषयहरुमाथि कोरिएका भावात्मक ३० वटा कविताहरू ‘बाको अनुहार’मा समाविष्ट छन्।
बिएल संवाददाता - काठमाडाैं
देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ। महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको बैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो। त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए।
बिएल संवाददाता - काठमाडौँ
होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ। महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ। पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन्।
बिएल संवाददाता - पाेखरा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ। गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन सिंह गुरुङ निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ। हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले बताए।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .